आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १३:३१ |सिड्नीको समय: ११:३१ |काठमाडौंको समय: ०७:१६

प्रधानमन्त्रीद्वारा  बाढी-पहिरोको उद्धार र राहतमा लाग्न अपिल 

एएनजेड खबरजुन १८, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै  उद्धारमा लाग्न सबै पक्षलाई आग्रह गरेका छन्। 

सामाजिक सञ्जालबाट उनले देशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण बेपत्ता भएकाहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीहरूलाई निर्देशन समेत दिएका हुन्। 

गए राती बाढी–पहिरोले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुर्‍याएको थियो ।उक्त बाढी प्रभावित जिल्लाहरूमा घर, पुल, सडक लगायतका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले देशैभरी बाढी-पहिरो प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायलाई पनि अपिल गरेका छन् ।

तपाइँको प्रतिक्रिया