आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:१६ |सिड्नीको समय: १५:१६ |काठमाडौंको समय: ११:०१

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरजुन १९, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी-पहिरोले क्षति पुर्‍याएको क्षेत्र निरीक्षणको लागी गएका छन्।

उनी केही बेर अघि पूर्वी पहाडको सङ्खुवासभा, पाँचथर र ताप्लेजुङको बाढी-पहिरोग्रस्त क्षेत्र अवलोकनका लागि गएका  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आज  बिहान मात्रै बाढी पहिरो प्रभावित क्षेत्रका सांसद र नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतको पहल गर्न माग गरेका थिए।मनसुनको आरम्भमा पूर्वी नेपालको पहाडी क्षेत्रमा बाढी, पहिरोले धनजनको क्षति गरेको थियो।

हिलेसम्म ४ जनाको मृत्यु र २८ जना बेपत्ता रहेको प्रहरीले बताएको छ।

त्यस्तै प्रधानमन्त्री पूर्व जाने भएपछि समाजवादी मोर्चा घोषणा कार्यक्रम एक घण्टालाई सरेको छ। दिउसो ३ बजेलाई तय भएको कार्यक्रम ४ बजेलाई सारिएको हो। 

तपाइँको प्रतिक्रिया