आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:३० |सिड्नीको समय: १५:३० |काठमाडौंको समय: ११:१५

भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जनालाई ९ वर्ष कैद र ६ अर्ब बिगो जरिवाना

एएनजेड खबरजुन २१, २०२३

विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा आयोगका अध्यक्ष लुम्बध्वज महतसहित तीन जनालाई  ९ वर्ष  कैद र  ६ अर्ब बढी बिगो रकम जरिवाना तोकेको छ। 

यो हालसम्मकै बढी बिगो जरिवाना र जेल सजाय तोकेको हो।  विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद र अहिलेसम्मकै बढी बिगो र जरिवाना तोकेको हो।

उनीहरूलाई ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ४७ रुपैयाँ बिगो तोकेको  छ। यो मुद्दाका दोषीले २ अर्ब ५ करोड ४६ लाख ९ हजार ९४९ रुपैयाँका दरले बिगो तिर्नुपर्ने छ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार उनीहरूले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ९ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। बिगो र जरिवाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ।

तपाइँको प्रतिक्रिया