आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:५० |सिड्नीको समय: १५:५० |काठमाडौंको समय: ११:३५

ओखलढुङ्गामा पहिरो -एकै परिवारका ३ जनाको ज्यान गयो 

एएनजेड खबरजुन २३, २०२३

ओखलढुङ्गामा  पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। 

cf]vn9’ª\ufsf] ljnGb’df klx/f]n] k’¥ofPsf] Iflt cf]vn9’ª\ufsf] rDkfb]jL ufpFkflnsf–( ljnGb’df laxLaf/ /flt uPsf] klx/f]n] k’¥ofPsf] Iflt . klx/f]n] 3/ k’l/Fbf Ps} 3/sf tLg hgfsf] d[To’ ePsf] 5 eg] pQm 36gf k/L Ps hgf a]kQf ePsf 5g\ . tl:a/ M k”0f{k|;fb Gof}kfg]÷/f;;

गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनका २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको  मृत्यु भएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन्। 

बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पुरिएको छ। 

तपाइँको प्रतिक्रिया