आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:१३ |सिड्नीको समय: २३:१३ |काठमाडौंको समय: १८:५८

निधारमा बलात्कारी लेखेर देश छोडौँ कि रत्नपार्कमा आत्मदाह गरौँ : नायक पल शाह 

एएनजेड खबरजुलाइ १२, २०२३

 नायक पल शाह आफ्नो एक टेलिभिजन अन्तर्वार्ताका कारण विवादमा मुछिएका छन्।  कान्तिपुर टेलिभिजनबाट प्रसारित ह्वाट द फ्लपमा दिएको अन्तर्वार्तामा प्रस्तुत भएको शैलीलाई लिएर सामाजिक सञ्जाल र मिडियामा प्रश्न उठाइएपछि विवादमा परेका हुन्। 

उक्त विवाद पश्चात् कान्तिपुर टिभीले सो अन्तर्वार्ता युट्युबबाट हटाएको छ।  अन्तरवार्तामा खुलेर बोलेका पलले  आफूमाथि भएको निरन्तर प्रहार भएको दुख व्यक्त गरेका छन् ।

आफ्नो पछिल्लो अन्तर्वार्ता बारे विवाद भएपछि फेसबुकमा लामो गुनासो लेख्दै आफूले अदालतबाट सफाइ पाएपछि पनि आफूमाथि लागेको बलात्कारीको ट्याग नहटाइएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। 

 पलले  सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै अदालतबाट सफाइ पाएपछि पनि आफूले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो भन्दै समाजलाई प्रश्न गरेका छन्।

उनले आफूलाई पल शाह बनाएको पनि यही समाजले हो भन्दै समाजलाई नै ‘म के गरौँ ? कसरी बाचौँ ?कसरी हिँडौँ ? कसरी बोलौँ, कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ’भन्दै प्रश्न गरेका छन् ।

उनले ‘मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनि मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉईहरु जस्तै ……म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाइ” पाएर म तपॉईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।’, भन्दै  दुख व्यक्त गरेका हुन्। 

तपाइँको प्रतिक्रिया