शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०६:३६ |सिड्नीको समय: ०४:३६ |काठमाडौंको समय: ००:२१

आर्मीका मानबहादुर श्रेष्ठ राष्ट्रिय पुरुष भलिबलको कप्तान नियुक्त 

एएनजेड खबरजुलाइ १८, २०२३

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल सङ्घको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।

नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले वेस्ट आउट साइड सेकेन्ड अट्याकरको अवार्ड जितेका थिए ।  एसियन गेम्समा नेपाली पुरुष भलिबलको कप्तानी श्रेष्ठले गर्ने छन् । 

यसअघिका कप्तान हरिहजुर थापालाई नेपाल भलिबल सङ्घले बर्खास्त गरेको थियो । सातौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्य विमुख भएको भन्दै सङ्घले उनलाई कप्तानबाट हटाएको थियो । थापालाई ६ महिनाको लागी निलम्बन गरिएको छ। 

अघिल्लो सोमबार गण्डकीविरुद्धको खेलमा तनाव उत्पन्न हुँदा आर्मीका धनबहादुर भट्टले दर्शकलाई नै कुटेका थिए ।

तपाइँको प्रतिक्रिया