मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २३:१८ |सिड्नीको समय: २१:१८ |काठमाडौंको समय: १६:०३

बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता !!

एएनजेड खबरजुलाइ २४, २०२३

बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्।  मार्तडी–कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाया खोलाले ट्याक्टर बगाएको हो। 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका छन्।

आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो। उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको छ। 

चालकको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

तपाइँको प्रतिक्रिया