मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २१:३९ |सिड्नीको समय: १९:३९ |काठमाडौंको समय: १४:२४

कांग्रेसले नीति अधिवेशनको सट्टा बोलायो महासमिति बैठक !

एएनजेड खबरजुलाइ २७, २०२३

नेपाली कांग्रेसले आगामी मङ्सिरमा महासमिति बैठक गर्ने भएको छ। नीति अधिवेशन गर्ने वा महासमिति बैठक गर्ने भन्ने बहस चलिरहेको बेला महासमिति बैठक गर्ने निर्णय भएको छ।

कांग्रेसको १४ औँ महाधिवेशनले २०७८ मङ्सिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो।

तर झन्डै एक बर्षको अन्तरालमा बसेको केन्द्रीय कार्य समिति बैठकले  नीति अधिवेशनको सट्टा महासमिति बैठक बोलाएको हो। महासमिति बैठक काठमाडौँमा बस्नेछ।

केन्द्रीय समिति बैठकमा निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरिएका कार्य गर्ने गरी २०८० मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने प्रस्ताव केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गरेका थिए। 

तपाइँको प्रतिक्रिया