शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:३२ |सिड्नीको समय: १८:३२ |काठमाडौंको समय: १४:१७

अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु !!

एएनजेड खबरअगस्ट ८, २०२३

मोटरसाइकल दुर्घटनामा परीअष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। सिड्नीको चेरीब्रुकमा भएको दुर्घटनामा सिन्धुली घर भएका २३ वर्षी सुजन घिमिरेको मृत्यु भएको हो।

गम्भीर घाइते भएका सुजनलाई हर्नस्बी अस्पताल लगिएको थियो। अस्पतालमा उनलाई डाक्टरले मृत घोषणा गरेको थियो। सुजन गत अगष्टमा मात्र उच्च शिक्षाको लागी अष्ट्रेलिया आएका थिए।

सुजनको शव नेपाल पठाउन आर्थिक संकलन गरिँदै छ। गैर आवसीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्सको संयोजनमा सुजनको शव नेपाल पठाउनका लागि गो फण्ड मी संन्चालन गरिएको छ।

१५ हजार अष्ट्रेलियन डलर उठाउने लक्ष्य लिएको गो फण्ड मी मा अहिलेसम्म २ हजार बढी संकलन भइसकेको छ।

तपाइँको प्रतिक्रिया