शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १२:१७ |सिड्नीको समय: १०:१७ |काठमाडौंको समय: ०६:०२

क्यानेडियन र्‍यापर लानेजलाई १० बर्षको जेल सजाय

एएनजेड खबरअगस्ट १०, २०२३

क्यानेडियन र्‍यापर टोरी लानेजलाई १० बर्षको जेल सजाय हुने भएको छ। आफ्नै साथी र्‍यापर मेगन थिये स्टालियनमाथि गोली प्रहार गरेको घटनामा अमेरिकाको लस एन्जलस अदालतले उनलाई दोषी ठहर गरेको हो।

सन् २०२० मा हलिउड हिल्समा अमेरिकी र्‍यापर स्टायलिनमाथि गोली प्रहारसम्बन्धी तीनवटा आरोपमा लानेजलाई दोषी ठहर गरेको लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

लानेजमाथि अर्धस्वचालित हतियार प्रयोग गरी आक्रमण गरेको, सवारी साधनमा अनधिकृत बन्दुक बोकेको र बन्दुकको लापरवाहीपूर्वक प्रयोग गरेको तीनवटा मुद्दा लागेको थियो । यी तीनै मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

तपाइँको प्रतिक्रिया