शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:१९ |सिड्नीको समय: १८:१९ |काठमाडौंको समय: १४:०४

आगामी सेप्टेम्बर २मा एनआरएनए अष्ट्रेलियाले एक्सीलेन्स अवार्डसँगै पद हस्तान्तरण कार्यक्रम गर्ने 

एएनजेड खबरअगस्ट १५, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाले एक्सीलेन्स अवार्ड कार्यक्रम गर्ने भएको छ। हरेक दुई दुई वर्षमा वितरण गर्दै आएको अवार्ड कार्यक्रम यो वर्ष सेप्टेम्बर २ तारिखमा आयोजना गर्ने भएको हो।

 अवार्ड कार्यक्रममा नोमिनेशनको लागी हिजो सोमबारबाट दर्ता खुल्ला गरिएको छ। आगामी अगस्ट २० सम्म प्राप्त हुने नोमिनेशनका आधारमा अवार्ड प्रदान गरिने अवार्ड कमिटीका संयोजक भीष्म भण्डारीले जानकारी दिएका छन्  ।

लगभग एक साताको समय राखेर नोमिनेशनल खुल्ला गरिएको छ। अष्ट्रेलियामा रही विभिन्न क्षेत्रमा उत्कृष्ट  काम गरिरहेका व्यक्तित्वहरूलाई छनोट गरी अवार्ड प्रदान गर्ने आयोजकले बताएको छ। 

संयोजक भण्डारीका अनुसार यस वर्ष १३ विभिन्न विधामा अवार्ड प्रदान गरिने छ। जसमा स्टुडेन्ट अफ दि ईयर (१२ लेभल) स्पोर्टस पर्सन अफ दि ईयर ओभर १८, नेप्लीज कल्चरल एम्बासडर अफ दि ईयर, एनआरएन अष्ट्रेलिया अफ दि ईयर, एनआरएन अष्ट्रेलिया युथ अफ दि ईयर, एनआरएन अष्टे्रलिया ओमन अफ दि ईयर, फ्रेड्स अफ नेपाल अफ दि ईयर, विजनसेस पर्सन अफ दि ईयर, कम्युनिटी सर्भिस पर्सन अफ दि ईयर, अर्गनाईजेशन अफ दि ईयर, मिडिया पर्सन अफ दि ईयर, स्टेट पर्सन अफ दि ईयर रहेका छन् ।

 २० अगस्टको मध्यरातभित्रमा प्राप्त भएका नोमिनेशनका आधारमा कसलाई अवार्ड प्रदान गर्ने भन्ने बारे समितिले निर्धारण गर्ने भनिएको छ। यसै अवसरमा नवनिर्वाचित एनआरएनए पदाधिकारीहरूलाई पद हस्तान्तरण समेत गरिने भएको छ। वार्षिक साधारण सभापछि पद हस्तान्तरण गरिने प्रचलन भएता पनि यो पटक यसै कार्यक्रम मार्फत गर्न लागिएको हो।  

तपाइँको प्रतिक्रिया