शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ००:३९ |सिड्नीको समय: २२:३९ |काठमाडौंको समय: १८:२४

अष्ट्रेलियाको ब्रिस्वेनमा भोली उदीयमान चर्चित हास्य कलाकारहरूले प्रस्तुति दिने 

एएनजेड खबरअगस्ट १६, २०२३

अष्ट्रेलिया ‘टुर’मा रहेका नेपाली हास्यकलाकारले  क्वीन्सल्यान्डको ब्रिस्वेनमा प्रस्तुति दिने भएका छन्। ‘अब हाँस्छ अष्ट्रेलिया’ भन्ने अभियान लिएर अष्ट्रेलिया भ्रमणमा रहेका  चर्चित हास्य कलाकारहरू भरत मणि पौडेल, बिक्की अग्रवाल, सुमन कार्की र कैलाश कार्कीले अगस्ट १७ मा प्रस्तुति दिने भएका हुन्। 

 भरत मणि पौडेल कमेडी च्याम्पियन सिजन– २ का विजेता हुन् भने बिक्की अग्रवाल  रनर अप हुन्। त्यस्तै सुमन कार्की र कैलाश कार्की 

पनि हास्य क्षेत्रमा कमेडी क्लब बाटै नव उदयमान कलाकारको रूपमा चर्चामा रहेका छन्। 

सी इभेन्ट, ट्रिपलएन अनलाई सप र Elayne the Digital agaency को संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । अब हाँस्छ ब्रिस्वेन नाम दिएको उक्त कार्यक्रम भोलि बिहीबार साँझ स्ट्रेथपिन कम्युनिटी हलमा साँझ ७ बजेबाट कार्यक्रम सुरु हुने छ। इसान एजेकेशन टाइटल स्पन्सर रहेको अब हाँस्छ ब्रिस्वेनको प्रवेश शुल्क भने आयोजकले ४९ अष्ट्रेलिय डलर तोकेको छ। 

तपाइँको प्रतिक्रिया