शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:४२ |सिड्नीको समय: २३:४२ |काठमाडौंको समय: १९:२७

अष्ट्रेलियाको सामाजिक संस्था ‘नइ नारी अष्ट्रेलियाले विविध विधामा गौरवी पुरस्कार प्रदान

एएनजेड खबरअगस्ट १६, २०२३

अष्ट्रेलियामा रहेको ‘नइ एकेडेमी अष्ट्रेलिया’ले विभिन्न विधामा उत्कृष्ट नारीहरूलाई ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान गरेको छ। 

आउदै गरेको नेपाली नारीहरूको पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियाको ग्रानभिलमा तीज सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको हो। 

पुरस्कारको राशि जनही ५ सय डलर रहेको थियो। ‘नइ एकेडेमी अष्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ नाम दिइएको उक्त अवार्ड कार्यक्रममा शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङले प्राप्त गरिन भने विज्ञान तथा प्रविधितर्फ डा अर्चना कोइराला र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अष्ट्रेलियालाई प्रदान गरिएको छ। अष्ट्रेलियामा बसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान दिने महिलाहरूलाई पुरस्कारसँगै कदर पत्र समेत प्रदान गरिएको छ। 

 श्वेता मैनाली, उषाकिरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारीलाई नइ एकेडेमी अष्ट्रेलियाको तर्फबाट कदर पत्र प्रदान गरिएको  संस्थाका अध्यक्ष सीमा रोशीले जानकारी दिएकी छन्। 

एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल र निवर्तमान अध्यक्ष नन्द गुरुङको पनि उपस्थिति रहेको थियो।  एनआरएनए, अष्ट्रेलियाका निवर्तमान अध्यक्ष नन्द गुरुङले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिन आफूहरु सधै लागिरहने प्रतिवद्दता जाहेर गरे भने  नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए अष्ट्रेलियाको  कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता सामाजिक सङ्घसंस्थासँग सहकार्य गरेर नयाँ कार्यसमिति अगाडि बढ्ने  बताए। 

सो कार्यक्रममा अष्ट्रेलियाका सांसद डोना डेविसले आफ्नो उपस्थिति जनाउदै  ‘नइ एकेडेमी अष्ट्रेलिया’को खुलेर प्रशंसा गरेकी थिइन्।   

तपाइँको प्रतिक्रिया