शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:४३ |सिड्नीको समय: १९:४३ |काठमाडौंको समय: १५:२८

अष्ट्रेलियामा भेटियो दुर्लभ ह्वेलका माउ र बच्चा !

एएनजेड खबरअगस्ट २१, २०२३

अष्ट्रेलियाको पूर्वी तटमा दुर्लभ प्रजातीको साउथर्न राइट ह्वेलका माउ र बच्चा भेटिएका छन्। न्यु साउथ वेल्स (एनएसडब्ल्यु) वातावरण र सम्पदा समूहले आइतबार दिएको जानकारीमा यो बच्चा जुलाई २५ मा जन्मिएको बताइएको छ।

एनएसडब्ल्यु राष्ट्रिय निकुञ्ज र वन्यजन्तु सेवा (एनपीडब्लुएस) ले जुलाई २७ देखि माउ र बच्चाको जोडीलाई ड्रोन मार्फत ट्रयाक गर्दै आइरहेको छ। उनीहरुले ह्वेलको संरक्षण गर्न र उनीहरुलाई असर पुग्ने काम नगर्न सबैमा आह्वानसमेत गरेका छन्।

साउथर्न राइट ह्वेल एक लोपोन्मुख प्रजाति हो। यस प्रजातिका यस वर्ष २ वटा मात्रै बच्चा फेला परेका छन्।

दक्षिणपूर्वी अस्ट्रेलियामा यसको संख्या २७० भन्दा कम छ। एनपीडब्ल्युएसले सबै वाटरक्राफ्टहरु, जहाजहरुलाई ती ह्वेलभन्दा कम्तीमा ३ सय मिटर टाढाबाट मात्रै यात्रा गर्न र ड्रोनलाई सय मिटरभित्र सबै ठाउँमा निगरानी गर्न निर्देशन दिएको छ।

तपाइँको प्रतिक्रिया