शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:१२ |सिड्नीको समय: २३:१२ |काठमाडौंको समय: १८:५७

अष्ट्रेलियाको मेलबर्नमा श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ हुने

एएनजेड खबरअगस्ट २९, २०२३

अष्ट्रेलियाको मेलबर्नमा श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २४ सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो।

नेपालीहरूको महान चाड बडा दशैंको घटस्थापना देखि विजया दशमीसम्मसम्म हुने श्रीमद्धभागवत सप्ताहको प्रमुख वाचक पण्डित् दिनबन्धु पोख्रेल रहेका छन्।

यस्तै गत शनिबार र आइतबार मेलबर्नमा निर्माणाधीन बहु सांस्कृतिक केन्द्रमा पशुपतिनाथ, दुर्गा र गणेश भगवानका मूर्तिमा प्राण प्रतिष्ठा स्थापना गरिएको छ। भदौ २३ गते कलश यात्राबाट सुरु भएको प्राण प्रतिष्ठा भदौ २७ गते औपचारिक कार्यक्रम, मूर्तिको औपचारिक उद्घाटन र आरती गरी सम्पन्न भएको हो। तीन दिनसम्म चलेको उक्त कार्यक्रममा २ हजारभन्दा बढी भक्तजनहरू सहभागि भएको बताइएको छ।

बहु सांस्कृतिक केन्द्रका लागि भिक्टोरिया सरकारको तर्फबाट एक सय १९ रोपनी क्षेत्रफल अनुदान प्राप्त भएको थियो।
सोही जग्गालाई प्रयोग गरी विभिन्न धार्मिक अनुष्ठानहरू सम्पन्न गर्ने गरी मन्दिर र बौद्ध गुम्बाका रूपमा बहु सांस्कृतिक केन्द्रलाई विकास गरिएको छ।

तपाइँको प्रतिक्रिया