शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २०:०४ |सिड्नीको समय: १८:०४ |काठमाडौंको समय: १३:४९

एसिया कप क्रिकेट – नेपाल र पाकिस्तानको भिडन्त भोली

एएनजेड खबरअगस्ट २९, २०२३

नेपालले एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउदै भोली बुधबार घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको छ। सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे हुनेछ।

एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग नेपालले भोली खेल्ने तयारीमा जुटेकोछ। नेपाल र पाकिस्तानबीच यो नै पहिलो खेल हो।

एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन्। गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स युएईलाई सात विकेटले पराजित गरेपछि एसिया कपमा छनोट भएको हो।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन्।

तपाइँको प्रतिक्रिया