शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:०२ |सिड्नीको समय: २३:०२ |काठमाडौंको समय: १८:४७

एनआरएनए महिला उपाध्यक्षमा रोजिना प्रधान राईले गरिन् उम्मेदवारी घोषणा 

एएनजेड खबरअक्टोबर ५, २०२३

 महिला अभियन्ता,सामाजिक व्यक्तित्व तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।महिला सचिवमा उम्मेदवारी दिने चर्चा चलिरहेको बेला उनले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।

बेलायतमा बसेर विभिन्न सामाजिक अभियानमा संलग्न रहेकी राईले हिजो बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनएको संस्थामा आबद्ध हुनु भनेको समाज र देशको हितका लागि काम गर्नु नै हो’भन्दै ‘विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले  अग्रज अभियन्ताहरूको सल्लाह सुझावलाई शिरोधार्य गर्दै महिला उपाध्यक्षको उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताएकी हुन्। 

उनले आफूलाई सबैको समर्थन जुट्ने समेत बताएकी छिन। आफ्नो परिवर्तित चाहनामा सबै सबैको पूर्ण साथ र समर्थन रहनेमा आफू आशावादी रहेको राईको भनाई  छ । 

उनले युग सुहाउँदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तीकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेष भूषाको प्रवर्धनमा लाग्ने लगायत एजेन्डा राईले अघि सारेकी छन्। 

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशील उनले एनआरएनए युके उपाध्यक्ष भएर काम गरिसकेकी छन् भने  केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरी आफ्नो कार्य कुशलता समेत देखाइसकेकी छन्। च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष रोजिनाले संस्थागत सुधार र महिला सशक्तीकरणका सवाल अझ घनीभूत रूपमा उठाउने अठोटसहित महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताइन ।

एनआरएनए आइसिसी भोकेशनल एजुकेशन कमिटी युरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्व उपाध्यक्ष रहेकी रोजिनाले २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा एनआरएनए अभियानमा चुलिएको छ ।

विदेशमा रहेका लाखौँ गैर आवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौँमा हुंदैछ ।

तपाइँको प्रतिक्रिया