मंगलबार, जेठ १५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ११:०८ |सिड्नीको समय: ०९:०८ |काठमाडौंको समय: ०४:५३

इजरायलमा निधन भएका १० जना नेपाली मध्ये ५ जनाको शव भेटियो

एएनजेड खबरअक्टोबर १६, २०२३

दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव प्राप्त भएको हो ।

सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले आज विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका र एकजना दूतावासको हेरचाहमा रहेका छन् भने दुईजना अस्पतालमा उपचाररत रहेको बताइएको छ।

तपाइँको प्रतिक्रिया