मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०७:२२ |सिड्नीको समय: ०५:२२ |काठमाडौंको समय: ०१:०७

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न विश्वभरका जन सम्पर्क समितिहरुको आब्हान

एएनजेड खबरअक्टोबर १८, २०२३

नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई सहयोग गर्न आब्हान गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा मंगलबार विहान काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो । ‘एनआरएनएमा नयाँ अनुहारको खोजी भइरहेकाले स्वच्छ छवी भएका इमान्दार र सक्षम उम्मेदवार महेशकुमार श्रेष्ठ नै हुनुहुन्छ भन्ने हाम्रो ठहर हो । विश्वभरका छरिएर रहेका लोकतान्त्रिक विचार र आस्था बोकेका डेलिकेट्सहरुको भावना साथै इच्छा संस्थालाई एकताबद्ध गराउन सक्ने समन्वयकारी व्यक्तिको खोजीमा हुनुहुन्छ, त्यसका लागि महेशजी उपयुक्त हुनुहुन्छ,’ तिमिल्सिनाले भने ।

भेलामा करिब दुई सय शुभेच्छुकहरुको सहभागिता थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको ११औँ महाधिवेशनका लागि श्रेष्ठसहित चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

दुई दिन तेस्रो विश्व ज्ञान सम्मेलनपछि नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

तपाइँको प्रतिक्रिया