शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:५१ |सिड्नीको समय: २१:५१ |काठमाडौंको समय: १७:३६

अमेरिकामा बन्दुकधारीद्वारा गोली हानी १६ जनाको हत्या, ५० जना घाइते

एएनजेड खबरअक्टोबर २६, २०२३

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ। एक अज्ञात बन्दुकधारीले अन्धाधुन्द गोलि बर्साउदा अन्य ५० जना भन्दा बढी घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना पश्चात फरार रहेका ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको बीबीसीले जनाएको छ। फरार रहेका बन्दुकधारिलाई अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन।

अमेरिकी प्रहरीले सर्वसाधारणलाई अभियुक्तले अन्य घटना घटाउने सक्ने भएकाले बाहिर ननिस्किन र सतर्क भएर बस्न समेत आग्रह गरेको छ।

घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि सार्वजनिक गरेको बताएको छ।

तपाइँको प्रतिक्रिया