सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १२:०५ |सिड्नीको समय: १०:०५ |काठमाडौंको समय: ०५:५०

पश्चिम नेपाल भूकम्प अपडेटः मृत्यु हुनेको संख्या एक सय ५७ पुग्यो

एएनजेड खबरनोभेम्बर ५, २०२३
This image has an empty alt attribute; its file name is earthquake.jpg

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्युहुनेको संख्या एक सय ५७ पुगेको छ ।
मृत्यु हुनेमा जाजरकोटका एक सय पाँच जना रहेका छन् भने रुकुम पश्चिमका ५२ जना रहेका छन् । त्यसैगरी, भूकम्पमा परी जाजरकोटमा ८१ जना, रुकुम पश्चिममा ७९ जना, दैलेखमा र जुम्लामा ३/३ जना घाईते भएका छन् ।

घाईतेमध्ये पाँच जना डिसचार्ज भइसकेका छन् । जाजरकोटका २३ जनाको भेरी अस्पताल नेपालगञ्ज, १३ जनाको प्रदेश अस्पताल सुर्खेत र अन्य बाँकीको जिल्लामै उपचार भइरहेको छ ।

रुकुम पश्चिमका घाईतेमध्ये ८ जनाको भेरी अस्पताल नेपालगञ्ज, ११ जनाको प्रदेश अस्पताल सुर्खेत, ७ जनाको टिचिङ अस्पताल सुर्खेत र अन्य बाँकीको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको बताईएको छ ।

तपाइँको प्रतिक्रिया