सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

भूकम्प पीडितहरुलाई सहयोग गर्न हेल्प नेपाल अष्ट्रेलियाको अभियान शुरु

एएनजेड खबरनोभेम्बर ६, २०२३



सिड्नी – कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले पश्चिम नेपालमा गत शुक्रबार राती गएको भूकम्पमा परी प्रभावित परिवारहरुको सहयोगार्थ सहयोग संकलन अभियान शुरु गरेको छ।

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका अध्यक्ष केशव बानिया क्षेत्रीले पश्चिम नेपालका भूकम्प प्रभावितहरुलाई मन खोलेर सहयोग गर्न अष्ट्रेलिया तथा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन् । “हेल्प नेपालले विगतमा पनि महाभूकम्प होस् वा कोभिड महामारी, तपाईंहरुको सहयोग संकलन गरेर पीडित परिवारसम्म आपतकालीन तथा मानवीय सहयोग पुराउँदै आएको छ। यसपटक पनि भूकम्प पीडित परिवारहरुलाई तत्काल सहयोग आवश्यक भएकाले तपाईंहरुको अमूल्य सहयोगका लागि हामी अपिल गर्दछौँ। “
हेल्प नेपाल नेटवर्क ग्लोबल का कोषाध्यक्ष डिला खरेलले हेल्प नेपाल नेटवर्क ले आपतकालीन सहयोग र दिर्घकालीन सहयोग गर्ने निर्णय गरी हाल करीब ५ लाख बराबरको खाद्यान्न, त्रिपाल, टेण्ट, कम्बल तथा लत्ता कपडा सहयोग गरीएको र दीर्घकाल मा १, विधालय र ५ पुस्तकालय को पुनर्निर्माण गर्ने निर्णय संस्थाले गरेको जानकारी दिनु भयो।


हेल्प नेपाल नेटवर्क अमेरिका, क्यानाडा तथा युके शाखाले पनि सहयोग संकलन अभियान शुरु गरेका छन्।

सन् २०१५ मा गएको महाभूकम्प पछि संसारभरिका नेपालीहरुको सहयोगबाट हेल्प नेपाल नेटवर्कले झन्डै ६ हजार परिवारलाई आपतकालीन राहत वितरण गरेको थियो भने ६ ओटा अस्थायी स्वास्थ्य चौकीको निर्माण तथा ६ ओटा विद्यालयहरुको पुनर्निर्माणमा सघाएको थियो। त्यस्तै स्वास्थ्य शिविरहरु पनि संचालन गरेको थियो।

“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतमा स्थापना गरिएको नेटवर्क (www.helpnepal.net) ले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।

यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले आग्रह गरेको छ।

https://www.gofundme.com/f/fund-raise-to-support-jajarkot-earthquake?member=30436025&sharetype=teams&utm_campaign=p_na+share-sheet&utm_medium=copy_link&utm_source=customer

तपाइँको प्रतिक्रिया