सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १२:४३ |सिड्नीको समय: १०:४३ |काठमाडौंको समय: ०६:२८

दुई सातापछि सर्‍यो कांग्रेस महासमिति बैठक

एएनजेड खबरनोभेम्बर ६, २०२३

नेपाली कांग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएकाले बैठक सारिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया