सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १५:२१ |सिड्नीको समय: १३:२१ |काठमाडौंको समय: ०९:०६

अब देशको नेतृत्व कांग्रेसले गरोसः प्रकाशमान सिंह

एएनजेड खबरनोभेम्बर ३०, २०२३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताएका छन् । पटक पटक जनबाट गुमेको अधिकार कांग्रेसको नेतृत्वमा फिर्ता आएको स्मरण गर्दै नेता सिंहले प्राप्त उपलब्धीको सुरक्षाका लागि पनि कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

कांग्रेस पर्साका पूर्वउपसभापति अशोक जयसवालको श्रद्धाञ्जली सभामा बोल्दै उनले ०४६ को परिवर्तन पछि लौहपुरूष गणेशमान सिंहले प्राप्त राजनीतिक उपलब्धी रक्षाका लागि आर्थिक क्रान्ति गर्नुपर्ने बताएको स्मरण गर्दै अहिले त्यसका लागि बेला भइसकेको बताए ।

‘जसरी जनताको अधिकार फिर्ता कांग्रेसले गर्यो । अब देशलाई समृद्धिको बाटोमा लैजान पनि , आम जनताको चाहनाअनुसार शासनपद्दति सञ्चालन गर्नका लागि फेरि पनि जिम्मेवारी कांग्रेसको काँधमा आएको छ,’ उनले भने,‘पार्टीलाई एकढिक्का बनाएर अब अघि बढ्नुपर्छ ।’ उनले देशको समृद्धिका लागि उद्योगहरूको विकास हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता हरु सुरेन्द्र चौधरि अजय चौरिसिया राजेन्द्रकुमार केसी अनिल रुङगटा लगायतले मुलुको पछिल्लो राजनीतिक घटनाक्रमबारे कांग्रेस गम्भीर बन्नुपर्ने बताएका थिए । कार्यक्रम नेपाली कांग्रेस पर्सा सभापति जनार्दन क्षेत्रीको सभापतित्वमा पार्टी अफिसमा भएको कार्यक्रममा स्व.नेता असोक जैसवाल को योगदानका बारे बक्ताहरुले चर्चा गरेका थिए ।

तपाइँको प्रतिक्रिया