सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०९:२७ |सिड्नीको समय: ०७:२७ |काठमाडौंको समय: ०३:१२

राष्ट्रियसभा निर्वाचनको तालिका सार्वजनिक

एएनजेड खबरडिसेम्बर १, २०२३

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्ने समय आयोगले तोकेको छ ।

शुक्रबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए ।

राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

तपाइँको प्रतिक्रिया