सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०९:०१ |सिड्नीको समय: ०७:०१ |काठमाडौंको समय: ०२:४६

अध्यक्ष तिम्सिनासहितको टोली अष्ट्रेलियामा, संसदीय अभ्यासबारे बुझ्दै

एएनजेड खबरडिसेम्बर १, २०२३

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल–अष्ट्रेलियाबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने बताएका छन् । आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ताका क्रममा उनले संसदीय अभ्यास र सङ्घीय संसद्का विषयमा छलफल पनि गरे ।

अष्ट्रेलियाको संसद्मा भएको भेटमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ।

त्यस अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको पनि उपस्थिति थियो। अध्यक्ष तिमिल्सिना मङ्सिर ११ गते उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रेलिया प्रस्थान गरेका हुन्। उनी नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँको संसदीय परिषद्का अध्यक्ष बेन फ्रेङ्कलिन, न्यू साउथवेल्सका विधानसभा सभामुख ग्रेग पाइपरसँग बेग्लाबेग्लै भेटवार्ता गरिसकेको छ ।

प्रतिनिधिमण्डलमा तीन वटा प्रदेशका सभामुख र चार वटा प्रदेशका उपसभामुख, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष, राष्ट्रिय समावेशी आयोगका सदस्य, सङ्घीय संसद् सचिवालयका कर्मचारीहरु छन्।

तपाइँको प्रतिक्रिया