शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:४७ |सिड्नीको समय: २१:४७ |काठमाडौंको समय: १७:३२

टी–२० क्रिकेटमा भारतले बनायो कीर्तिमान

एएनजेड खबरडिसेम्बर २, २०२३

काठमाडौँ । भारतले टी–२० क्रिकेटमा सबैभन्दा बढी खेल जित्ने कीर्तिमान रचेको छ । भारतले अष्ट्रेलियाविरुद्ध भारतमा चलिरहेको टी–२० श्रृंखलाको चौथो खेल जितेर उक्त कीर्तिमान रचेको हो ।

भारतले योसँगै सर्वाधिक १३६ खेल जितेको छ । पाकिस्तानका नाममा १३५ खेल जितेको कीर्तिमान रहेको थियो । अब भने भारत अगाडि लागेको छ ।

भारतले रायपुरमा भएको खेलमा अष्ट्रेलियालाई २० रनले पराजित गर्यो । खेलमा पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १७४ रन बनायो । रिंकु सिंहले २९ बलमा ४६ रन बनाए । यशस्वी जयसवालले २८ बलमा ३७ रन बनाए । बेन वार्शुइसले ३ तथा जासन बेहनडोर्फ र तन्भिर संघाले २–२ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १५४ रन बनायो । कप्तान म्याथ्यु वाडले २३ बलमा अविजित रहँदै ३६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

भारतका लागि अक्षर पटेलले ३ तथा दीपक चहरले २ विकेट लिए । पटेल प्लेयर अफ द म्याच भए । यो जितसँगै भारतले श्रृंखलामाथि कब्जा जमाइसकेको छ । भारत ३–१ ले अगाडि छ । पाँचौँ तथा अन्तिम खेल आइतबार बेंगलुरुमा हुनेछ ।

तपाइँको प्रतिक्रिया