बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १६:१४ |सिड्नीको समय: १४:१४ |काठमाडौंको समय: ०९:५९

चिनियाँ यात्रुको झोलामा एक्कासी आगो लाग्दा..

एएनजेड खबरडिसेम्बर ३, २०२३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक चिनियाँ यात्रुको झोलामा आगो लागेको छ ।

आइतबार दिउँसो बोर्डिङ पास लिएर विमानमा कुरिरहेका चिनियाँ यात्रुले बोकेको झोलामा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

यर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र त्यसलाई तत्काल निभाइएको उनले बताए । झोलामा पावरब्यांक जोडेर आइप्याड चलाइरहेका उनको पावरब्यांक पड्किँदा झोलामा आगो लागेको बताइएको छ ।

ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले आगो तत्काल नियन्त्रणमा लिएका थिए ।

तपाइँको प्रतिक्रिया