शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०८:०४ |सिड्नीको समय: ०६:०४ |काठमाडौंको समय: ०१:४९

विदेशबाट पैसा पठाउँदा यसरी ठगिन्छन् नेपाली, प्रहरीले सचेत गरायो

एएनजेड खबरडिसेम्बर ४, २०२३

काठमाडौं । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरु ठगिएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सचेत गराएको छ । सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेका नेपालीहरु ठगिने क्रम बढेको भन्दै ब्युरोले सचेत रहन आग्रह गरेको हो।

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन !’ भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।

यसरी विदेशी रकम प्राप्त गरे पश्चात् अमुक व्यक्तिले ‘हुन्छ, म तपाईँले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु’ भन्ने गरेको खुल्न आएको । उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गराइदिने गरेको रायले बताए ।

पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोको भनाई छ ।

तपाइँको प्रतिक्रिया