बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ००:५९ |सिड्नीको समय: २२:५९ |काठमाडौंको समय: १८:४४

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले दिइन कडा चुनौति

एएनजेड खबरडिसेम्बर ६, २०२३

काठमाडौं । एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले आफूविरुद्ध अफवाह फैलाइएको आरोप लगाएकी छिन् । एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफूमाथि आर्थिकलगायत विषयमा अफवाह शुरु गरिएको बताइन ।

उनले आफूलाई केही ब्यक्तिले नियोजित रुपमै चरित्रहत्या गर्न लागिपरेको जिकिर गरेकी छन् । भूकम्पपीडितको राहतका लागि संकलित चन्दा रकम ब्यक्तिगत खातामा जम्मा गरेको, नयाँ गाडी खरिद गरेको र प्रवक्ता चयनमा व्यक्तिगत स्वार्थ हेरेर निर्णय लिएको जस्ता विषयमा अफवाह फैलाएको भन्दै प्रमाणसहित आफूमाथि लागेका आरोपको उनले खण्डन गर्दै स्पष्ट पारेकी हुन् ।

आरोप लगाउनेहरुलाई उनले चुनौती दिँदै ‘कि पुष्टि हुने प्रमाण देउ, हैन भने कसैलाई सक्न बिनाप्रमाण चलाइने मिसन आत्मघाती हुनसक्छ’ भन्दै बेल्जियमको समाजमा अविश्वास र फुट चाहनेहरुले बेलाबेलामा यस्ता भ्रमहरु छरिरहने भएकोले सचेत रहन समुदायलाई उनले आग्रहसमेत गरिन् ।

पत्रकारहरूले एनआरएनएको वर्तमान अवस्था, निर्णयहरुको अवस्था, कमजोरी र अभियानका अन्य पक्षबारे अध्यक्ष सापकोटासँग जिज्ञासा राखेका थिए ।

तपाइँको प्रतिक्रिया