बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १९:४२ |सिड्नीको समय: १७:४२ |काठमाडौंको समय: १३:२७

पौड्याल क्यानडाको राजदूत भएपछि परराष्ट्र सचिबको जिम्मेवारीमा सेवा लम्साल

एएनजेड खबरडिसेम्बर ६, २०२३

काठमाडौं । परराष्ट्र मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारी सेवा लम्सालले पाएकी छिन् । परराष्ट्र सचिव भरतराज पौड्यालले अवकाश अगावैं राजदूतमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।

रिक्त रहेको परराष्ट्र सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव भएका अहिले कायममुकायम सचिव दिइएको हो । सचिव पौड्यालले अनिवार्य अवकाश लिएको घोषणापछि परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव तथा प्रवक्ता सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले लम्साललाई नै सचिवमा नियुक्त गर्ने निश्चितझैँ छ । लम्साल सचिव बढुवा भएको खण्डमा महिला सचिव ९ पुग्नेछन् ।

अवकास पाएका पौड्यालले सामाजिक संजालमा लेखेका छन्,‘करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु ।’

उनले अगाडि लेखेका छन्,‘झन्डै ३७ बर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु । यस अवधिमा प्राप्त सहयोग र सद्भाबका लागि सबै आदरणीयजन, मित्रजन, सहकर्मी, शुभेक्षुक एवं नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो अवधि क्रियाशीलता, अनुभव र कर्तव्यप्रतिको समर्पणका हिसाबले अत्यन्तै सक्रिय र मुल्यवान रह्यो । केही सिकियो, मुलुक र मुलुकबासीको हितमा केही योगदान गरियो, जानीबुझी गलत काम गर्न अभिप्रेरित भइएन । जिम्मेवारीजन्य सीमाका कारण कुनै कमी भएको भए त्यसलाई यहीँ विश्राम दिएर सकारात्मक र सुखद अनुभूति लिँदै अबको बाटो रेखांकन गरेको छु । नेपाल सरकारबाट प्राप्त नयाँ जिम्मेवारीको लागि तयारी गर्दै गर्दा सबैबाट निरन्तर सद्भाव र सहयोगको अपेक्षा गर्दछु ।ु

तपाइँको प्रतिक्रिया