बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: २२:३७ |सिड्नीको समय: २०:३७ |काठमाडौंको समय: १६:२२

शरीरभित्रै १४ किलो सुन बोक्ने झोला, विमानस्थलमा पक्राउ परे घले

एएनजेड खबरडिसेम्बर ८, २०२३

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

बिहीबार रातिको फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ लुकाएर ल्याएको बिस्कुट आकारका सात थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो । उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिए ।

पक्राउ परेका दवै जनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर लगिएको छ । उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराएर थप अनुसन्धान गरिने भन्सार प्रमुख पाण्डेले बताए । घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो । घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट र जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो ।

तपाइँको प्रतिक्रिया