बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १८:२७ |सिड्नीको समय: १६:२७ |काठमाडौंको समय: १२:१२

१४ किलो सुनबारे छानबिन हुने, ‘भन्सारकै सेटिङ’ भएको आशंका

एएनजेड खबरडिसेम्बर ८, २०२३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

१४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताए ।

प्रमुख भन्सार प्रशासक पाण्डे गएराति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ। उनी यो वर्ष सन् २०२ ३ मा मात्रै ५ पटक दुबई ओहोर दोहोर गरेको पाइएको छ। उनी नेपालबाट दुबई पुगेको तीन दिनमै फर्किएका छन्। पछिल्लो एक वर्षयताको रेकर्ड अनुसार उनी पहिलो पटक गत माघमा दुबई पुगेको तथ्य फेला परेको छ।

पक्राउ परेका घलेले आफू सुन ल्याउने व्यक्ति मात्रै भएको बताएका छन्। उक्त परिमाणको सुन अर्कै व्यक्तिको भएको घलेले बताएका छन्। भन्सार कार्यालयले घलेको भिडियो समेत सार्वजनिक गरेको छ । भिडियोमा घलेले सुन कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको देखिन्छ । त्योबाहेक जुत्ताभित्र समेत सुन लुकाएर ल्याएको देखिएको छ ।

उक्त सुन ल्याएका व्यक्तिमाथि भन्सार कार्यालयको स्क्यान मेसिनमा जाँच गर्दा उक्त सुन देखिएपछि बरामद गरेको देखिन्छ । प्रहरी स्रोत विमानस्थल भन्सारको सेटिङबिना यो सम्भव नै नभएको दाबी गर्छ । ‘भन्सारको सेटिङबिना सम्भव देखिँदैन,’ प्रहरी स्रोतले भन्यो ।

तपाइँको प्रतिक्रिया