सोमबार, फागुन २१, २०८० |Mon Mar, 2024
अक्ल्याण्डको समय: ०७:५१ |सिड्नीको समय: ०५:५१ |काठमाडौंको समय: ००:३६

नरेन्द्र मोदी विश्वभरका लोकप्रिय नेतामध्ये पहिलो नम्बरमा !

एएनजेड खबरडिसेम्बर ९, २०२३

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वभर लोकप्रिय नेताका रुपमा चिनिएका छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा मोदीलाई दिइएको रेटिङबाट उनी लोकप्रिय रहेको अनुमान लगाउन सकिन्छ ।

सर्वेक्षणका अनुसार मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा छन्, उनले ७६ प्रतिशतको अनुमोदन रेटिङ पाएका छन् । अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार भारतका ७६ प्रतिशत जनताले मोदीको नेतृत्वलाई स्वीकार गर्छन् भने १८ प्रतिशतले उनको नेतृत्वलाई मन पराउँदैनन् । जबकि ६ प्रतिशतले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

रेटिङको मामिलामा प्रधानमन्त्री मोदीको नजिक कोही छैन। सर्वेक्षणमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर दोस्रो स्थानमा छन् । उनले ६६ प्रतिशत रेटिङ पाएका छन् ।

तेस्रो स्थानमा स्वीस राष्ट्रपति एलेन बेर्सेटले ५८ प्रतिशत रेटिङ पाएका छन् । यसअघिको सर्वेक्षणमा पनि प्रधानमन्त्री मोदी ग्लोबल रेटिङमा शीर्ष स्थानमा थिए भने अन्य ठूला विश्व नेताहरुको अनुमोदन रेटिङ निकै कम छ ।

जस्तो कि अमेरिकी राष्ट्रपति जो बाइडेनको अप्रुभल रेटिङ ३७ प्रतिशत छ भने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ३१ प्रतिशत र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले २५ प्रतिशत पाएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सर्वेक्षणमा २४ प्रतिशत मात्र रेटिङ पाएका छन् ।

विशेष गरी हिन्दी भाषी राज्यहरू मध्य प्रदेश, राजस्थान र छत्तीसगढको विधानसभा चुनावमा भाजपाले ठूलो जित दर्ता गरेपछि प्रधानमन्त्री मोदीको शीर्ष रेटिङ अगाडि आएको छ।

तपाइँको प्रतिक्रिया