बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १२:४५ |सिड्नीको समय: १०:४५ |काठमाडौंको समय: ०६:३०

कोशी प्रदेशका मुख्यमन्त्री सवार गाडीमा आक्रमण, कालो झन्डा देखाइयो

एएनजेड खबरडिसेम्बर १२, २०२३

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ ।

कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउँदै उनी सवार गाडीमा ढुंगा प्रहार गरेका हुन् ।

घटनामा संलग्नको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाले जानकारी दिए । ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको उनले बताए ।

एउटा समूहले कालो झन्डा देखाउँदै गर्दा केही ‘स्लो’ भएको गाडीमा अर्को ‘ग्रुप’ले अलि पर पुगेपछि ढुंगा हानेको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का झापा अध्यक्ष दिपेनवाला राईले आफूहरूले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम पहिल्यै सार्वजनिक गरेको बताए ।

प्रदेश नम्बर–१ पुनः नामकरण समितिले कोसी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरेको थियो ।

तपाइँको प्रतिक्रिया