शुक्रबार, जेठ ४, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०४:३७ |सिड्नीको समय: ०२:३७ |काठमाडौंको समय: २२:२२

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, चुरोट तान्नेक्रम रोकिएन

एएनजेड खबरडिसेम्बर १३, २०२३

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २७ गते बुधबारबाट सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णनिषेध गरिने नियम लागू गरिएको घोषणा गरेका हुन् ।

महानगर अन्तर्गतको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर सूचना जारी गर्दै प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानमा रोक लगाउने जनाएको हो। कसैले प्रतिबन्धित सुर्तीजन्य पदार्थ बिक्री गरेको देखे नगर प्रहरीले जफत गर्ने चेतावनी महानगरले दिएको छ।

काठमाडौं महानगरपालिका गत असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न प्रतिबन्ध लगाएको थियो । महानगरले धूम्रपान अर्थात् सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाए पनि सर्वसाधारणले आफुखुशी चूरोट तान्दै हिँडिरहेको सडक तथा सार्वजनिक स्थानमा प्रशस्तै देखिन्छ । यस्तै, मेयर साहले महानगरभित्र खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउन नपाइने अर्को घोषणा गरेका थिए ।

खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्य समेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाएको महानगरपालिकाले यस्तो कार्य गरिएको खण्डमा कानूनी कारबाही गरिनेछ पनि भनियो । योजना सकारात्मक भएतापनि त्यो पनि कार्यन्वयनमा आएको छैन ।

तपाइँको प्रतिक्रिया