शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १८:१० |सिड्नीको समय: १६:१० |काठमाडौंको समय: ११:५५

नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकीः राजदूतले गरे नेपालको प्रशंसा

एएनजेड खबरडिसेम्बर १७, २०२३

काठमाडौं । नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी शनिबार नेपालमा मनाइएको छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि भएको थियो । यो सन्धिले दुई देशबिच बराबरीको सार्वभौमिक अखण्डताको पुष्टि गर्दै थप साझेदारी र सहकार्यको बाटो खोलेको थियो । यसअघि दुई देशबिच कूटनीतिक सम्बन्ध रहे पनि साझेदारीयुक्त आदानप्रदानको सम्बन्धले औपचारिकता पाएको थिएन ।

मदन पुरस्कार पुस्तकालय र बेलायत नेपाल बौद्धिक परिषद्ले संयुक्त रूपमा आयोजना गरेको शतवार्षिकी सम्मेलनमा सन्धिको आजपर्यन्त उत्तिकै महत्व रहेकोमा सहभागीहरूले जोड दिए । निवर्तमान परराष्ट्र सचिव भरतराज पौड्यालले बेलायतसँको दुई सय वर्ष लामो सम्बन्धमा मैत्री सन्धि दुई देशबिचको कोशेढुङ्गा रहेको औंल्याए । सन्धिले दुई देशबिचको पारम्परिक सम्बन्धलाई आधुनिक कसीमा बाँधेको उनले प्रष्ट पारे । नेपालका लागि बेलायतका राजदूत रोव फेनले नेपाल–बेलायतको सम्बन्धलाई मैत्री सन्धिले नयाँ आयाम दिएको बताए  ।

नेपाल कहिले पनि कसैको उपनिवेश नरहेको सवालमा बेलायतले त्यो बेला र अहिले पनि सार्वभौम मुलुकका नेपाललाई उच्च सम्मान दिएको उनको भनाइ थियो । दुई देशबिच सरकार र जनसम्बन्ध दवबै नै उच्चकोटीको रहेको र पछिल्लो समय नेपालको विकास साझेदारका रूपमा बेलायत रहेको राजदूत फेनले जानकारी गराए ।

आयोजकका तर्फबट पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले दुई देशको सम्बन्ध र सन्धिबारे दर्शाउने फोटो प्रदर्शनीका साथै सन्धिको औचित्य र महत्व दर्शाउन शनिबार र आइतबार दुई दिन बौद्धिक बहस गरिने जानकारी दिए ।

पहिलो दिन औपचारिक कार्यक्रममा सन्धिका अध्यता टीकाप्रसाद ढकालले सन्धिको ऐतिहासिक पक्ष, तथा वर्तमानमा यसको औचित्यसहित सन्धिका बहुआयामिक पक्षबारे जानकारी दिए । दोस्रो सत्रमा नेपाल–बेलायत सम्बन्धबारे बौद्धिक बहस भएको थियो । फोटोः हिमालखबर

तपाइँको प्रतिक्रिया