शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:४२ |सिड्नीको समय: १५:४२ |काठमाडौंको समय: ११:२७

काठमाडौंमा राष्ट्रिय झण्डा दिवसः झण्डाको दुरुपयोग नहोस

एएनजेड खबरडिसेम्बर १७, २०२३

काठमाडौं । पुस १ गते आइतबार छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । झण्डा दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुरबाट र्याली निकालेको थियो ।

२०१९ साल पुष १ गते संयुक्त राष्ट्रसंघले नेपालको झण्डालाई मान्यता अंगीकृत गरेको तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकोले पुस १ गतेका दिन यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले जनाएको छ ।

केही समय यता नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि यो दिवस मनाउन थालिएको जनाइएको छ । २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो ।

तपाइँको प्रतिक्रिया