शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १८:१० |सिड्नीको समय: १६:१० |काठमाडौंको समय: ११:५५

ग्लोबल इन्टरफेसको पोल्टामा ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको उपाधि

एएनजेड खबरडिसेम्बर १८, २०२३

मेलवर्न । एक्सपर्ट सगरमाथा ब्लुजको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले मुख्य प्रयोजनमा संचालित ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिगको उपाधि ग्लोबल इन्टरफेस क्रिकेट क्लबले जितेको छ ।

भिक्टोरियास्थित टिडब्लु ब्लेक पार्क प्रेस्टन क्रिकेट मैदानमा भएको फाइनल खेलमा फारवेस्ट हन्टर्स क्रिकेट क्लबलाई १४ रनले पराजित गर्दै ग्लोबल इन्टरफेसले उपाधि कब्जा गरेको हो।

विजेता ग्लोबल इन्टरफेस क्रिकेट क्लबले तीन हजार पाँच सय अष्ट्रेलियन डलर, नगद मेडल र प्रमाणपत्र पाएको छ। दोस्रो भएको फारवेस्ट हन्टर्स क्रिकेट क्लबले एक हजार पाँच सय अष्ट्रेलियन डलर नगद मेडल र प्रमाणपत्र हात पारेको छ ।

स्वर्गीय ऋचा श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ। नेपाल क्रिकेट संघ (क्यान)का स्वर्गीय उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी ऋचाको ब्लड क्यान्सरका कारण निधन भएको थियो । उनकै नाममा प्रतियोगिता आयोजना हुँदै आएको र यो तेस्रो तेस्रो संस्करणको लिग हो।

अक्टोबर १२ बाट सुरु भएको लिग ब्राइटन कलेजले सह–प्रयोजन गरेको हो । लिगमा एक्सपर्ट सगरमाथा ब्लुज, द हिमालयन क्लव, ट्राईकोन, काठमाडौँ क्यापिटल्स, युनाटेड वेरियर्स क्रिकेट क्लव, रोयल राईनोज क्रिकेट क्लब, एभरेस्ट लायोन्स, राईजीं सन, फार वेस्ट्रन सोसाइटी अफ भिक्टोरीया, ग्रेस गोर्खाली, ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लब गरी १२ टिमले सहभागिता जनाएका थिए।

तपाइँको प्रतिक्रिया