बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १४:११ |सिड्नीको समय: १२:११ |काठमाडौंको समय: ०७:५६

नेपाली अचार विदेशमा लोकप्रिय, ६० प्रतिशत अस्ट्रेलियामा निर्यात

एएनजेड खबरडिसेम्बर २४, २०२३

काठमाडौं । नेपालमा उत्पादित अचार विदेशमा लोकप्रिय हुन थालेको छ । चालु आर्थिक वर्षको चार महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको तथ्यांक छ ।

भन्सार विभागको तथ्याकं अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरेको थियो । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा ३ प्रतिशत घटेको छ भने मूल्यमा ३० प्रतिशतले बढेको छ ।

नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, जर्मनी, इटाली, जापान, बेलायत, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आचार निर्यात गर्दै आएको छ । नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अस्ट्रेलिया छ । नेपाली अचारको ६० प्रतिशत हिस्सा अस्ट्रेलिया छ ।

तपाइँको प्रतिक्रिया