मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: २०:३१ |सिड्नीको समय: १८:३१ |काठमाडौंको समय: १४:१६

विदेशका नेपालीका लागि आप्रवासन महाशाखा बनाउने परराष्ट्र मन्त्रालयको तयारी

एएनजेड खबरडिसेम्बर २७, २०२३

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी)साउदले मन्त्रालयमा आर्थिक महाशाखा र आप्रबासन महाशाखा स्थापनाको तयारी भइरहेको जानकारी दिएका छन् । हालै राष्ट्रिय समाचार समितिलाई दिएको अन्तरवार्तका क्रममा सन् २०१८ मा मन्त्रालयमा सुधारका लागि श्रीधर खत्रीको संयोजकत्वमा बनेको समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न कार्यदल बनाएर काम गरिरहेको बताए ।

मन्त्री साउदले मन्त्रालयमा आर्थिक महाशाखा खोल्ने गरी ‘ओ एण्ड एम’ भइरहेको, आर्थिक कूटनीतिका लागि आर्थिक महाशाखा बनाउने र त्यसको प्रतिवेदनपछि आप्रवासन महाशाखा बनाएर विदेशमा कामका लागि गएका नेपालीको सबै मुद्दामा आवश्यक काम गर्ने संयन्त्र बनाउने गरी तयारी गरिरहेको जानकारी दिए ।

कन्सुलर शाखामा हुने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न एनओसीका लागि वा प्रहरी रिपोर्टका लागि कार्यालयमा जान नपर्ने अनलाइनमा हुने व्यवस्था गरेको साथै राहदानीको नवीकरण पनि अनलाइनबाट नै हुने गरी काम गरिरहेको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया