मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ११:१८ |सिड्नीको समय: ०९:१८ |काठमाडौंको समय: ०५:०३

कतारमा कार्यरत नेपालीमध्ये ४९ प्रतिशतको पासपोर्ट कम्पनीको कब्जामा

एएनजेड खबरडिसेम्बर २७, २०२३

काठमाडौं । कतारमा कार्यरत नेपालीमध्ये ४९ प्रतिशतको राहदानी (पासपोर्ट)रोजगारदाता कम्पनीले राख्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी)ले कतारमा गरेको अध्ययनअनुसार ४९ प्रतिशत श्रमिकको राहदानी (पासपोर्ट) रोजगारदाता कम्पनीसँगै रहेको पाइएको हो ।

आईटीयूसीले कतारमा काम गरिरहेका ३४५ जनासँग गरिएको कुराकानीमा आधारित सो अध्ययनले ४९ प्रतिशत नेपाली श्रमिकको पासपोर्ट रोजगारदाताले नै राखेको तथ्य सार्वजनिक गरेको छ । कतारको श्रम कानुनअनुसार श्रमिकको सहमतिबिना रोजगारदाताले पासपोर्ट राखे १० देखि २५ हजार रियाल जरिवाना हुनेछ ।

आइटीयूसीले सार्वजनिक गरेको सो रिपोर्टअनुसार केवल एक प्रतिशतले मात्र आफूले रोजगारी प्राप्त गर्न कुनै शुल्क तिर्नु नपरेको बताएका थिए । सो अध्ययनअनुसार ४८ प्रतिशत व्यक्तिले रोजगारीका एजेण्ट मार्फत जानकारी पाएको बताएका थिए ।

नेपाल सरकारले केही नेपाल ऐन संशोधन, २०७५ मार्फत वैदेशिक रोजगार ऐनमा भएको एजेण्टसम्बन्धी व्यवस्था हटाइसकेको छ । तर अभ्यासमा भने उनीहरुमाथि नै श्रमिकहरु भर पर्ने गरेको देखिएको हो । यस्तै, कतार जाने ९९ प्रतिशत नेपाली श्रमिक भर्ना शुल्क तिरेर काम गर्न पुगेको अध्यान देखाएको छ ।

प्रतिवेदनअनुसार कतार पुगेका २१ प्रतिशत श्रमिकले वाचा गरेको रोजगारी पाएनन् भने ४९ प्रतिशतले तोकिएको तलब सुविधा नपाएको बताईएको छ । कतारमा कामदारहरूको लागि संघको स्वतन्त्रता छैन । ९९ प्रतिशत उत्तरदाताहरूले ट्रेड युनियनहरूमा उनीहरूको पहुँच नभएको बताए ।

तपाइँको प्रतिक्रिया