शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:०३ |सिड्नीको समय: १५:०३ |काठमाडौंको समय: १०:४८

माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गर्ने पक्राउ

एएनजेड खबरडिसेम्बर २९, २०२३

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने जुम्ला हिमा गाउँपालिका ५ घर भएका ३२ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले एक जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

तपाइँको प्रतिक्रिया