शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १८:२५ |सिड्नीको समय: १६:२५ |काठमाडौंको समय: १२:१०

नेपाल चिनाउन कोरियामा पदयात्रा, सोलमा झल्कियो नेपाली पहिचान

एएनजेड खबरजनवरी १, २०२४

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरुले नयाँ बर्ष र टोपी दिवसलाई विशेष रुपले मनाएका छन् । सउलमा भेला भएका नेपालीहरुले ‘मातृभुमिको नाममा तीन घन्टा पद यात्रा गरौं’, ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ भन्ने नाराका साथ सउल स्टेसनदेखि नामसान टावरसम्म र्यालीसहितको पदयात्रा आयोजना गरे ।

कोरियाका लागि नेपाली पर्यटनदूत केपी सिटौलाका अनुसार नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध विस्तार भएको ५०औं बर्षगाँठ, अंग्रेजी नयाँ बर्ष एवम नेपाली टोपी दिवसको अवसर पारेर र्यालीको आयोजना गरिएको हो । कोरियामा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिटौलाले बताए ।

एनआरएनए अभियन्ता समेत रहेका सिटौलाले भने,‘हिमालय र बुद्ध जन्मेको देश नेपाल भनेर चिनाउने हाम्रो लक्ष्य हो । साथै नेपाल–कोरिया दौत्य सम्बन्ध विस्तार भएको ५०औं बर्षगाँठ मनाउने जमर्को पनि गरेका हौं ।’ कठ्याग्रिने चिसोको प्रवाह नगरी कार्यक्रममा सहभागी भएका नेपालीलाई उनले धन्यवाद दिए ।

कोरियामा यस्तो कार्यक्रमको आयोजन हुन थालेको २०१९ बाट हो। नेपाल पर्यटनबोर्डका मानार्थ प्रतिनिधि, नेपाली दुताबाश सउल, एनआरएन कोरिया र एमआरआरग्रुप सहितको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । पदयात्रामा नेपाली एवम कोरियाली प्रतिनिधि, नेपाली विद्यार्थी, व्यवसायी, श्रमिक र पत्रकारसहित सयौं भेला भएका थिए ।

तपाइँको प्रतिक्रिया