बिहीबार, वैशाख २०, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०२:५७ |सिड्नीको समय: ००:५७ |काठमाडौंको समय: २०:४२

पर्यटनमन्त्री सुदन किरातीलाई जेल हाल्न माग गर्दै जाहेरी

एएनजेड खबरजनवरी ४, २०२४

काठमाडौं । संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई जेल हाल्न माग गरिएको छ । धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जाहेरी पठाएका हुन् । पुसको पहिलो साता मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको जाहेरीमा दाबी गरिएको छ ।

लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया