मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ११:५९ |सिड्नीको समय: ०९:५९ |काठमाडौंको समय: ०५:४४

जापानमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुग्यो

एएनजेड खबरजनवरी ६, २०२४

टोकियो । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर ११० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।

यसैबीच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ । भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएको छ । भवन भत्किँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।

जापान मौसम विज्ञानसम्बन्धी निकाय ९जेएमए० ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । यस क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।

तपाइँको प्रतिक्रिया