मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ००:०७ |सिड्नीको समय: २२:०७ |काठमाडौंको समय: १७:५२

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा १० घाइते

एएनजेड खबरजनवरी ८, २०२४

काठमाडौं । अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किएको स्थानीय समाचार वेबसाइट न्युज डटकमले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इन्जिनमा प्राविधिक समस्या भएको सङ्केतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्काउने प्रयास गरेका थिए ।

क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र ‘क्वीन्सल्याण्ड हेल्थ’ले घाइते सबैलाई केअन्र्स अस्पतालमा लगिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

तपाइँको प्रतिक्रिया