शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १०:१२ |सिड्नीको समय: ०८:१२ |काठमाडौंको समय: ०३:५७

कोरिया जान भाषा परीक्षा तीन चरणमा, पहिलो चरणमा ४७ हजार जना

एएनजेड खबरजनवरी १०, २०२४

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो ।

वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो । इपिएस शाखाका अनुसार आउँदो माघ ६ देखि भाषा परीक्षा सुुरु हुने र परीक्षा तीन चरणमा हुने छ ।

विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जना भाषा परीक्षामा सहभागी हुन पाउने जानकारी दिए । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ देखि हुने भएको छ ।

पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुने छ । वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ ।

त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने छ ।

उत्पादनमूलक क्षेत्रका लागि एक लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए, जसमा पहिलो पटक एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानीजहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाको आवेदन परेको सो शाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया