आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:३४ |सिड्नीको समय: २३:३४ |काठमाडौंको समय: १९:१९

क्रिकेटर सन्दीप लामिछाने निलम्वित

एएनजेड खबरजनवरी ११, २०२४

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।

विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधवार सुनाएको थियो ।

तपाइँको प्रतिक्रिया