शनिबार, फागुन १९, २०८० |Sat Mar, 2024
अक्ल्याण्डको समय: १३:०८ |सिड्नीको समय: ११:०८ |काठमाडौंको समय: ०५:५३

रुसी सेनामा कार्यरत साजन गुरुङको मृत्यु

एएनजेड खबरजनवरी १६, २०२४

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले उनको मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

मृत्यु भएको खबर आउनुभन्दा पहिला लामो समय साजन सम्पर्कबिहीन भएको बताइएको छ । अहिले सम्पर्क नभएपछि मृत्युको आशंका भएको थियो । पछि मृत्यु भएको पुष्टि भयो । अवैध रुपमा रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् । १५ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

तपाइँको प्रतिक्रिया